काठमाण्डु, ७ कात्तिक– यो बर्ष पाल्पामा यो वर्ष २२५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि। पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार गराउन आएकामध्ये सो संख्यामा संक्रमित फेला भएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएका छन ।
यो बाहेक अन्य स्वास्थ्य संस्था र निजी मेडिकलमा उपचार गाउनेमा पनि यो रोगको संक्रमित फेला परेको तर तथ्यांकमा उल्लेख नगरिएको स्वास्थ्य कार्यालय ल्याब टेक्निसिएन मधुसुधन भट्टराईले जानकारी दिएका छन । अहिलेको मौसममा सबै भन्दा धेरै संक्रमित पत्ता लाग्ने चिकित्सकहरुले बताएका छन ।
गत वर्ष पाल्पामा ३ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकमा उल्लेख गरेका छन । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।
यो जीवाणु मुसामा समेत पाइन्छ । विशेष गरी खेतबारीमा काम गर्ने क्रममा किर्नाले टोक्दा यो रोग लाग्ने गर्दछ । समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सोलगायतका अंगमा संक्रमण गराउँछ भने बहुअंग विकार (मल्टी अर्गन डिस्फंसन) को अवस्था पनि सिर्जना हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।