राष्ट्रपति पौडेललाई भेट्न प्रचण्ड शीतल निवास पुगे

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १६:२४ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शीतल निवासमा पुगेका छन ।

देशको पछिल्लो राजनीतिक अवस्था, सरकार गठन भएको सय दिन लगायत समसामयिक विषयमा छलफल गर्न प्रचण्डसहित विपक्षी दलहरू राष्ट्रपतिलाई भेट्न पुगेको स्रोतले जानकारी दिएको छ ।

कार्यदल बाहेक शीर्ष नेताहरू मात्र सहभागी हुने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल पोखरेलले विपक्षी दलहरूको आग्रह अनुसार राष्ट्रपति पौडेलसँग भेट हुन लागेको जानकारी दिएका छन ।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरूले १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us