समाचार

विराटनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

२०८३ जेठ ५ गते १९:२०

विराटनगर, ४ जेठ–कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको हो । विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस–०१–एफसी–०९१९ नम्बरको भारतीय एलपी ग्यास बुलेटले साइकल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा ४५ वर्षका पुरुष र करिब १५ वर्षीया...

नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए सपथ

२०८३ जेठ ५ गते १९:१४

काठमाण्डू, ४ जेठ– सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतलनिवासमा मंगलबार साँझ आयोजित एक समारोहबीच शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका हुन् । यसअघि मंगलबारै संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको थियो...

सुकुमबासीलाई तीन महिनासम्म प्रतिपरिवार १५ हजार दिने सरकारको निर्णय

२०८३ जेठ ५ गते १९:०५

काठमाण्डू, ४ जेठ– सरकारले डोजर चलाएर आफैंले विस्थापित गरेका सुकुमबासीलाई तीन महिनासम्म प्रतिपरिवार १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनासम्म प्रतिपरिवार मासिक १५ हजार रुपैयाँका दरले सहायता रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले...

विपक्षीलाई स्वर्णिमको कठोर जवाफः सरकारका दस्तावेजमा आफ्नै शब्द र भाषा खोज्ने भए अर्को चुनाव कुर्नुस्

२०८३ जेठ ५ गते १८:५५

काठमाण्डू, ४ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै भाषा र शैलीको नीति कार्यक्रम र बजेट चाहिएको भए अर्को चुनावसम्म कुर्न भनेका छन् । संघीय संसदमा आफूले पेश गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मंगलबार उनी...

पूर्वप्रधानमन्त्री देउवाको पक्राउ पुर्जीबारे सर्वोच्चमा आगामी सोमबार छलफल

२०८३ जेठ ५ गते १७:१९

काठमाण्डू, ५ जेठ– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा सर्वोच्च अदालतले आगामी सोमबार छलफल गर्ने भएको छ । देउवा लगायतले आफूहरूलाई पक्राउ पुर्जी जारी गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले आगामी...

प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै

२०८३ जेठ ५ गते १७:१६

काठमाण्डू, ५ जेठ– संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ । उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन । प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुने उनले...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

२०८३ जेठ ५ गते १७:१३

काठमाण्डू, ५ जेठ– प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।...

दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप

२०८३ जेठ ५ गते १६:२५

काठमाण्डू, ५ जेठ– विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ । हिजो (सोमबार) राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईंलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक...

दार्चुलामा प्रधानाध्यापक आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

२०८३ जेठ ५ गते १६:२२

काठमाण्डू, ५ जेठ– प्रहरीले दार्चुलामा प्रधानाध्यापकलाई आत्माहत्या गर्न बाध्य पारेको (आत्महत्या दुरुत्साहन) आरोपमा आठ जनालाई पक्राउ गरेको छ । व्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेवसिंह धामीले विद्यालयमै झुन्डिएर आत्महत्या गरेको घटनामा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ...

नेपोबेबीबारे प्रस्तावित प्रधानन्यायाधीशः पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन

२०८३ जेठ ५ गते १६:१२

काठमाण्डू, ५ जेठ– प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले आफूमाथि लागेको नेपोबेबीको आरोपको खण्डन गरेका छन । आज (मंगलबार) संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा स्पष्टीकरण दिँदै उनले आफू योग्यता र क्षमताकै आधारमा अगाडि बढ्दै आएको समेत बताएका छन । ‘पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन...

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

२०८३ जेठ ५ गते १६:०८

काठमाण्डू, ५ जेठ– प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । आज बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो । समितिले मंगलबार नै सुनुवाइ गरेको हो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।...

सर्वोच्चमा केही पनि गुटबन्दी छैनः प्रस्तावित प्रधानन्यायाधीश शर्मा

२०८३ जेठ ५ गते १६:०५

काठमाण्डू, ५ जेठ– प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतमा गुटबन्दी नरहेको बताएका छन । ‘सर्बोच्चमा गुटबन्दी केही पनि छैन,’ संसदीय सुनुवाइका क्रममा आफूमाथि उठेका प्रश्नको जवाफमा उनले भने । आफू विरुद्धको रिट दर्ताको सन्दर्भमा आएको प्रश्नको पनि खण्डन गरे । ‘बार र बेन्चको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us