काठमाण्डू, ४ जेठ– सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् ।
शीतलनिवासमा मंगलबार साँझ आयोजित एक समारोहबीच शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका हुन् ।
यसअघि मंगलबारै संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत सहभागी थिए ।
शर्माले आगामी ६ वर्ष सर्वोच्च न्यायालको नेतृत्व गर्नेछन् ।