समाचार

प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्नः अदालतमा विचौलियाको प्रभाव कसरी कम गर्ने ?

२०८३ जेठ ५ गते १४:५७

काठमाण्डू, ५ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई अदालत रिफर्म गर्ने योजना प्रष्ट पार्नका लागि अनुरोध गरेको छ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ जारी छ। यसैबीच सांसदहरूले उनलाई विभिन्न प्रश्नहरू राखिरहेका छन् ।...

कानून व्यवसायीले गरे दिउँसै लालटिन बालेर प्रदर्शन

२०८३ जेठ ५ गते १४:५४

काठमाण्डू, ५ जेठ– कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा आज (मंगलबार) सर्वोच्च परिसरमा प्रदर्शन भएको हो । एसोसिएसनको सोमबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै...

कांग्रेस संस्थापन इतर समूहले खोल्यो सम्पर्क कार्यालय

२०८३ जेठ ५ गते १४:४९

काठमाण्डू, ५ जेठ– कांग्रेसको इतर समूहले काठमाण्डूमा सम्पर्क कार्यालय खोलेको छ । काठमाण्डूको अनामनगरमा पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सम्पर्क कार्यालय खोलेको हो । कांग्रेस नेताहरु गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय खुलेको बताइएको छ ।...

नयाँको नाममा सबै परम्परा भत्काउन खोजेपछि आफ्नै सरकारप्रति अमरेशको आपत्ति

२०८३ जेठ ५ गते १४:४०

काठमाण्डू, ५ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंह मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग असन्तुष्ट व्यक्त गरेका छन । संसदमा प्रि–बजेट छलफल जारी रहँदा अर्थमन्त्री वाग्ले स्वम उपस्थित छैनन् । सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित हुँदा बजेट...

अर्थमन्त्री खोज्दै एमाले सांसद रोष्ट्रममा उभिइरहेपछि…

२०८३ जेठ ५ गते १४:३३

काठमाण्डू, ५ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेटका प्राथमिकतामाथि छलफलमा हुँदा अर्थमन्त्री स्वर्णिम वाग्ले नभएपछि एमाले सांसद राजेन्द्र राईले विरोध जनाएपछि बैठक आजै बस्ने गरी स्थगित गरीएको हो । बजेटको प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री सहभागी...

सरकारलाई एमाले सांसद राईले भनेः देश चलाउने हिम्मत हामीसँग छ, दिनुस्

२०८३ जेठ ५ गते १४:२९

काठमाण्डू, ५ जेठ– प्रतिपक्षी दल एमालेका सांसद राजेन्द्र राईले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अर्थमन्त्री अनुपस्थित रहेको अवस्थामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न नसकिने समेत बताएका छन ।...

विदेशी युवतीलाई गर्भवती बनाएर छाडेको आरोप लागेका सांसदलाई पक्राउ गर्न जेनजी समूहको माग

२०८३ जेठ ५ गते १३:३३

काठमाण्डू, ५ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीमाथि विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ । उनीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग संसदमै उठेको छ । हिजो जनआस्था साप्ताहिकले सांसद कार्कीले नाइजेरियन युवती रिता अजुकोलाई गर्भवती बनाएर...

छाती उघारेर देखाउँदै सांसद कार्कीले भनेः कहिँनेर ट्याटु छ ?

२०८३ जेठ ५ गते १३:२८

काठमाण्डू, ५ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सासंद कृष्णकुमार कार्कीले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे अनभिज्ञता प्रकट गरेका छन् । आज सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूलाई केही थाहा नभएको समेत बताएका छन । जनआस्थाले सार्वजनिक गरेको समाचार के हो...

उजुरीकर्तासँग छलफल सकियो, साढे १ मा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

२०८३ जेठ ५ गते १३:२१

काठमाण्डू, ५ जेठ– प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ जारी छ । संसदीय सुनुवाइ समितिमा अहिले उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ । उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल भएको हो । सिंहदरबारस्थित समितिको कार्यकक्षमा...

प्रस्तावित प्रधानन्यायाधीशको शैक्षिक योग्यतामा उठ्यो प्रश्न

२०८३ जेठ ५ गते १३:१५

काठमाण्डू, ५ जेठ– सर्वेच्चको लागि प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ जारी छ । संसदीय सुनुवाइ समितिमा अहिले उजुरीकर्ताहरूसँग छलफल जारी छ । उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि अहिले छलफल चलिरहेको हो ।...

रोल्पामा भेटियो सकेट बम

२०८३ जेठ ५ गते १३:०९

काठमाण्डू, ५ जेठ– रोल्पामा सकेट बम भेटिएको छ । परिवार्तन गाँउपालिका–३ बागमारास्थित पाछावाङ खोलामा जाली लगाउन खन्ने क्रममा सकेट बम भेटिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान २ वटा सकेट बम फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि मजदुरले सुरक्षालाई खबर गरेका थिए...

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध नेपोबेबीको आरोप

२०८३ जेठ ५ गते १३:०५

काठमाण्डू, ५ जेठ– सर्वेच्चको लागि प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध नेपोबेबीको आरोप लागेको छ । उनीमाथि आजबाट संसदीय सुनुवाइ जारी छ । यसैबीच एक उजुरीकर्ताले उनीविरुद्ध नेपोबेबीको आरोप लगाएका हुन् । संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल जारी छ । कतिपयले शर्माको योग्यता र क्षमतामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us