रोल्पामा भेटियो सकेट बम

काठमाण्डु टुडे २०८३ जेठ ५ गते १३:०९ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– रोल्पामा सकेट बम भेटिएको छ । परिवार्तन गाँउपालिका–३ बागमारास्थित पाछावाङ खोलामा जाली लगाउन खन्ने क्रममा सकेट बम भेटिएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान २ वटा सकेट बम फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि मजदुरले सुरक्षालाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको सूर्य दलगण लिबाङको बम डिस्पोजल टोली पुगेको थियो ।

प्रमुख सेनानी ईश्वर थापाका अनुसार उक्त संकास्पद बस्तु सकेट बम भएको पुष्टि भएको छ । “संकास्पद वस्तु भएको ठाउँमा पुगेर हेर्दा सकेट बम भएको देखियो ।

अहिले डिस्पोजल टोलीले नियन्त्रणमा लिइसकेको छ । उनले भने । उक्त बम माओवादी युद्धका समयमा राखिएको हुनसक्ने सुरक्षा निकायको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us