समाचार

नेपाल बन्द गर्न नपरोस्ः दुर्गा प्रसाईं

२०८३ जेठ ५ गते १३:००

काठमाण्डू, ५ जेठ– हिजो (सोमबार) राति वीरगञ्जबाट पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको सचिवालयले तत्काल रिहा नगरे कडा आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएको छ । प्रसाईं निकटस्थहरुले पर्सा जिल्ला प्रशासन कार्यालयले आफूहरुलाई वैशाख ३० गते नै कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको पत्र सार्वजनिक...

दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

२०८३ जेठ ४ गते २१:१५

वीरगञ्ज, १८ जेठ — मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनलाई माथिको आदेशअनुसार पक्राउ गरिएको हो । कुन  कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक गरिएको...

भावी प्रधानन्यायाधीशविरुद्धको निवेदन दर्ता गर्न हच्किए सर्वोच्चका कर्मचारी

२०८३ जेठ ४ गते १७:४०

काठमाण्डू, ४ जेठ– सर्वोच्च अदालतको मुद्दा महाशाखाका कर्मचारीहरूले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको लिखित आदेशका बाबजुद केही रिट निवेदनहरू दर्ता गर्न नसकिने प्रतिक्रिया दिएका छन । प्रधानन्यायाधीश विरुद्धकै रिट निवेदनहरू दर्ता गर्न विगतमा पनि कठिनाइ हुने गरेको स्मरण गर्दै उनीहरूले अहिले पनि भावी प्रधानन्यायाधीश...

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ ले पाए

२०८३ जेठ ४ गते १७:१८

काठमाण्डू, ४ जेठ– सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । जस अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरीएको छ । समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर...

इरानी कब्जामा रहेका अमृत झाको रिहाइ भएको भन्दै गलत सूचना दिएको परराष्ट्रले माग्यो माफी

२०८३ जेठ ४ गते १७:०६

काठमाण्डू, ४ जेठ– इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ । उनको रिहाइ भइनसकेको स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्योलप्रति मन्त्रालयले क्षमा मागेको...

महाराजगञ्जमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किंदा चालकको मृत्यु

२०८३ जेठ ४ गते १६:५७

काठमाण्डू, ४ जेठ– काठमाण्डूको महाराजगञ्जमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किंदा चालकको मृत्यु भएको छ । सडकमा रोकेको प्र–३–०१–०२४ च३६१४ नम्बरको योद्दा गाडीमा बा– प्र. ३–०२–००२ प ११६७ नम्बरको स्कुटर ठोक्किएको थियो । आइतबार राति स्कुटर ठोक्किंदा चालक काभ्रेको पनौती घर भएका २० वर्षीय राहुल खत्रीको...

गुट भत्काएर पार्टी बनाउने अबको नीति होः विश्वप्रकाश शर्मा

२०८३ जेठ ४ गते १५:३९

काठमाण्डू, ४ जेठ– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वको अबको नीति गुट भत्काएर पार्टी बनाउने भएको बताएका छन । आज (सोमबार) बाट काभ्रेको धुलिखेलमा सुरू भएको ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ सम्बोधन गर्दै गर्दै कांग्रेस उपसभापति शर्माले यस्तो बताएका हुन । उपसभापति...

नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बोलाइयो

२०८३ जेठ ४ गते १५:२५

काठमाण्डू, ४ जेठ– विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ । नेपाल बार एसोशिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले आकस्मिक बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार, प्रधानन्यायाधीशले जारी गरेको आदेश र त्यसको परिपालना,...

एमाले प्रचार विभाग प्रमुखमा डा. सूर्यप्रसाद पाठक प्रस्तावित

२०८३ जेठ ४ गते १५:१७

काठमाण्डू, ४ जेठ– एमालेको केन्द्रीय प्रचार विभाग प्रमुखमा पूर्वसांसद तथा पार्टी केन्द्रीय सदस्य डा।सूर्यप्रसाद पाठकलाई प्रस्ताव गरीएको छ । बैठकमा सहभागी एक नेताका अनुसार महासचिव शंकर पोखरेलद्वारा पेश भएको लिखित प्रस्तावमा डा. पाठक अगाडि सारिएका हुन् । उनी लामो समय जापान बसेर फर्किएका आईटी...

जेनजी आन्दोलनमा जलेको सिंहदरबारको सानो हिस्सा श्रमदान गरेर बनाउने भन्दै हर्कले मागे अनुमति

२०८३ जेठ ४ गते १५:१३

काठमाण्डू, ४ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा सिंहदरबारमा जलेको एउटा भवन आफूहरू बनाउन तयार रहेको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिन माग गरेका हुन ।...

कामु प्रधान न्यायाधीश मल्लालार्ई रास्वपा सांसदको चुनौतीः राजनीति गर्ने भए कोट खोलेर आउनू

२०८३ जेठ ४ गते १४:५१

काठमाण्डू, ४ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय माग्दै मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपीठ निवेदन दर्ता...

गुण्डुमा एमाले सचिवालय बैठक

२०८३ जेठ ४ गते १४:४२

काठमाण्डू, ४ जेठ– एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरदेखि बैठक जारी रहेको गुन्डु स्रोतले जानकारी दिएको छ । बैठकबाट स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्जलगायत जिम्मेवारी बाँडफाँटका साथै विभागीय प्रमुख, उपप्रमुख र इन्चार्ज तोक्ने तयारी रहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us