काठमाण्डू, ४ जेठ– एमालेको केन्द्रीय प्रचार विभाग प्रमुखमा पूर्वसांसद तथा पार्टी केन्द्रीय सदस्य डा।सूर्यप्रसाद पाठकलाई प्रस्ताव गरीएको छ । बैठकमा सहभागी एक नेताका अनुसार महासचिव शंकर पोखरेलद्वारा पेश भएको लिखित प्रस्तावमा डा. पाठक अगाडि सारिएका हुन् ।
उनी लामो समय जापान बसेर फर्किएका आईटी विज्ञ समेत हुन । २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाग्लुङ १ बाट सांसद निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा जनमोर्चाका चित्रबहादुर केसीसँग पराजित भए ।