प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्नः अदालतमा विचौलियाको प्रभाव कसरी कम गर्ने ?

काठमाण्डु टुडे २०८३ जेठ ५ गते १४:५७ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई अदालत रिफर्म गर्ने योजना प्रष्ट पार्नका लागि अनुरोध गरेको छ ।

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ जारी छ। यसैबीच सांसदहरूले उनलाई विभिन्न प्रश्नहरू राखिरहेका छन् । सो क्रममा रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले अदालत रिफम गर्ने योजना प्रष्ट पार्न आग्रह गरेका हुन् । साथै, उनले उजुरीकर्ताले दिएका उजुरीबारे आफ्नो धारणा राख्न पनि आग्रह गरे ।

‘उजुरीकर्ताले दिएका उजुरीको विषय सम्बन्धित निकायमा पठाउँछौं । यस्तो आउदा यहाँले के गर्नुहुन्छ ?,’ बुर्लाकोटीले भने । संक्रमणकालीन न्यायबारे पनि प्रष्ट पार्दा राम्रो हुने पनि उनले बताए ।

मुद्दाको फर्स्योट दर कसरी बढाउने ? भन्दै सांसद बुर्लाकोटीले अर्को प्रश्न गरे । उनको थप प्रश्न थियो, ‘अदालतमा रहेको विचौलियको प्रभाव कसरी कम गर्ने रु न्यायालय विकासमैत्री छ भन्ने कसरी समाजमा स्थापित गर्ने ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us