विराटनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ ५ गते १९:२० मा प्रकाशित

विराटनगर, ४ जेठ–कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस–०१–एफसी–०९१९ नम्बरको भारतीय एलपी ग्यास बुलेटले साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा ४५ वर्षका पुरुष र करिब १५ वर्षीया किशोरीको बालिकाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मृतक किशोरी विद्यालय पोशाकमै रहेको प्रहरीको भनाइ छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

ठक्कर दिने बुलेट र चालक भारतीय नागरिक रामलाल सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच घटनापति आक्रोशित स्थानीयले ग्यास बुलेट तोडफोड गरेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us