समाचार

रास्वपा सभापतिमा रवि लामिछानेको विकल्प जनताले खोजेका छैनन्ः गणेश पराजुली

२०८३ जेठ ६ गते १७:२८

काठमाण्डू, ६ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी सभापतिमा रवि लामिछानेको विकल्प नभएको तर्क गरेका छन । आज (बुधबार) संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले यस्तो बताएका हुन । उनले रास्वपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भएपनि...

वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने

२०८३ जेठ ६ गते १७:२४

काठमाण्डू, ६ जेठ– सुर्खेतको वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरीने बताएको हो । साथै नगरपालिकाले पीडित महिलालाई उचित क्षतिपूर्ति...

प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया हतारोमा भयोः वर्षमान पुन

२०८३ जेठ ६ गते १६:५३

काठमाण्डू, ६ जेठ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता हतारो गरेको बताएका छन । आज (बिहिबार)संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई...

यो सरकारलाई सिटको दम्भ छः एमाले सांसद राई

२०८३ जेठ ६ गते १६:२९

काठमाण्डू, ६ जेठ– एमालेका सांसद राजेन्द्र राईले सरकार विधि र लोकतान्त्रिक मूल्य विपरीत चलेको आरोप लगाएका छन । आज (बुधबार) संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले यस्तो बताएका हुन । सरकार बहुमतको दम्भ देखाएर शासन सञ्चालन गरिरहेको आरोप समेत लगाएका छन ।...

सरकारलाई सदनप्रति जवाफदेही बनाउन निलम्बन हुन तयार छौंः हर्क साम्पाङ

२०८३ जेठ ६ गते १५:४६

काठमाण्डू, ६ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरु निलम्बन हुन पनि आफु तयार रहेको बताएका छन । आज (बुधबार) संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले यस्तो बताएका हुन । उनले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरुको विरोध...

हुम्लाको नेप्का गाउँका बाढी पहिरो पीडितलाई राहत व्यवस्था गर्न माग

२०८३ जेठ ६ गते १५:१६

काठमाण्डू, ६ जेठ– एमालेकी सांसद यशोदाकुमारी बरालले हुम्लाको चंखेली गाउँपालिकामा गएको भीषण पहिरोका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण...

विदेशिएका नेता र व्यवसायीलाई महन्थको आग्रह– देश फर्कनुस्

२०८३ जेठ ६ गते १५:०७

काठमाण्डू, ६ जेठ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन अनुरोध गरेका छन । आज (बुधबार) विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले...

भारतका कन्टेन्ट क्रियटरलाई नेपाल भ्रमण गराइने

२०८३ जेठ ६ गते १४:०८

 काठमाण्डू, ६ जेठ– नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय इन्फ्लुएन्सर, भ्लगर र पोडकास्टरहरूलाई नेपालको परिचय भ्रमण (फ्यामिलियराइजेसन ट्रिप) गराउने भन्दै आवेदन खुल्ला गरेको छ । राजदूतावासले आज २० मेमा जारी गरेको सूचनामा पाँच जना भारतीय डिजिटल सामग्री निर्माताहरू छनोट गरी नेपाल भ्रमण गराइने बताइएको छ...

नयाँ सरकारको प्राथमिकतामा चीनको चासो छः परराष्ट्रमन्त्री खनाल

२०८३ जेठ ६ गते १४:०४

काठमाण्डू, ६ जेठ– परराष्ट्रमन्त्री शिशिर खनालले बालेन शाह नेतृत्वको नयाँ सरकारको प्राथमिकताबारे छिमेकी राष्ट्र चीनले पनि चासो राखेको बताएका छन । आज (बुधबार) प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खनालले नयाँ सरकारको चीनसँग पनि संवाद भइराखेको जानकारी गराएका हुन । ‘उत्तरी छिमेकीसँग पनि...

प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक

२०८३ जेठ ६ गते १३:४०

काठमाण्डू, ६ जेठ– प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता भएको छ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक प्रधानमन्त्रीको हैसियतमा लगेका...

सञ्चार माध्यमले ओज कायम गरे सरकारले चाहेर पनि केही गर्न सक्दैनः सञ्चारमन्त्री तिमिल्सिना

२०८३ जेठ ६ गते १३:३५

काठमाण्डू, ६ जेठ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्‍त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिंदै सञ्चारमन्त्री तिमिल्सिनले यस्तो बताएका हुन । उनले संविधानले दिएको अधिकार सरकारले चाहेर पनि...

खानेपानी र विद्युत महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन

२०८३ जेठ ६ गते १३:०६

काठमाण्डू, ६ जेठ– उपभोक्ता अधिकारवादीहरु खानेपानीमा लगाइएको कर र विद्युत महसुल छुटको माग गर्दै काठमाण्डूको बबरमहलमा प्रदर्न गरीएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा प्रदर्शनका साथै सरकारलाई ध्यानाकर्षण गराइएको हो । उपभोक्ताहरुले सन् २०३० भित्र खानेपानीको सुनिश्चितता गर्न, साना खानेपानीलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us