वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने

काठमाण्डु टुडे २०८३ जेठ ६ गते १७:२४ मा प्रकाशित

काठमाण्डू, ६ जेठ– सुर्खेतको वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरीने बताएको हो । साथै नगरपालिकाले पीडित महिलालाई उचित क्षतिपूर्ति दिने निर्णय भएको समेत बताएको छ ।

नगर प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । डाले डोकोमा काफल (फल) बोकेर बेच्दै हिँड्दै गरेकी महिलामाथि दुर्व्यवहार भएको हो ।

सामाजिक सञ्जालमा आएको उक्त भिडियो वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिकको र खिचिएको भनिएको छ । घटना मङ्गलवार साँझपखको भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us