सरकारलाई सदनप्रति जवाफदेही बनाउन निलम्बन हुन तयार छौंः हर्क साम्पाङ

काठमाण्डु टुडे २०८३ जेठ ६ गते १५:४६ मा प्रकाशित

काठमाण्डू, ६ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरु निलम्बन हुन पनि आफु तयार रहेको बताएका छन ।

आज (बुधबार) संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले यस्तो बताएका हुन । उनले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरुको विरोध आगामी दिनमा पनि निरन्तर हुने समेत बताएका छन ।

उनले भन्दै विरोध गरेकै कारण आफूहरूलाई निलम्बन हुन्छ भने त्यसका लागि पनि तयार रहेको पनि बताएका छन । सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरुको विरोध रहेको समेत बताएका छन ।

उनले सार्वभौम संसद र संसद्को विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा समेत राखे । सुकुमवासी, लिपुलेक, विदेशी ऋण लगायत विषयमा सोधिएको प्रश्नको जवाफ सरकारले नदिएको उनको आरोप छ । उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने टिप्पणी पनि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us