खानेपानी र विद्युत महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन

काठमाण्डु टुडे २०८३ जेठ ६ गते १३:०६ मा प्रकाशित

काठमाण्डू, ६ जेठ– उपभोक्ता अधिकारवादीहरु खानेपानीमा लगाइएको कर र विद्युत महसुल छुटको माग गर्दै काठमाण्डूको बबरमहलमा प्रदर्न गरीएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा प्रदर्शनका साथै सरकारलाई ध्यानाकर्षण गराइएको हो ।

उपभोक्ताहरुले सन् २०३० भित्र खानेपानीको सुनिश्चितता गर्न, साना खानेपानीलाई एकीकरण गरी बृहत आयोजना संचालन गराउन, उपभोक्ताहरुको अधिकार सुनिश्चित गर्न, खोला, कुला र पोखरीक संरक्षण गर्न र वृक्षारोपण गर्न पनि ध्यानाकर्षण समेत गराएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us