काठमाण्डू, ५ जेठ– प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले आफूमाथि लागेको नेपोबेबीको आरोपको खण्डन गरेका छन ।
आज (मंगलबार) संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा स्पष्टीकरण दिँदै उनले आफू योग्यता र क्षमताकै आधारमा अगाडि बढ्दै आएको समेत बताएका छन ।
‘पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन,’ प्रस्तावित प्रधानन्यायाधीश शर्माले जवाफ दिए ।