काठमाण्डु, २६ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राज्य पक्षले राजनीतिक प्रतिशोध साँध्न अनावश्यक हिरासतमा राखेको भन्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । आज (सोमबार) कास्की प्रहरी हिरासतमा सभापति लामिछानेसँग छलफल गरेपछि उपसभापति...
काठमाण्डु, २६ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच संक्षिप्त भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरूबीच संक्षिप्त भेटवार्ता भएको हो ।...
काठमाण्डु, २६ कात्तिक– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोशी प्रदेशका पूर्वकानुनमन्त्रीको पक्राउ गल्ती गर्ने कसैलाई छुट दिँदैन भन्ने संकेत भएको बताएका छन । आज सोमबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यस्तो बताएका हुन । सञ्चारमन्त्री...
काठमाण्डु, २६ कात्तिक– काठमाण्डुको चन्द्रागिरि नगरपालिका–१, दहचोकबाट एक किशोर सम्पर्कविहीन भएका छन् । कात्तिक २५ गते आइतबार बिहान ९ बजे स्कुल जान हिँडेका १५ वर्षीय दिनेश रेग्मी सोमबारसम्म पनि सम्पर्कमा आएका छैनन् । चन्द्रागिरिको दहचोकस्थित ठूलाबुवा प्रकाशराज रेग्मीको घरबाट स्कुल पोशाकमा निस्किएका रेग्मी साँझ...
काठमाण्डु, २६ कात्तिक– धादिङमा बोलेराले पैदलयात्रुलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनीघाट–२ की १९ वर्षीया अनिशा मिजार रहेकी छन । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ डार्केफाटमा बोलेराले ठक्कर दिँदा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक तथा सूचना...
काठमाण्डु, २६ कात्तिक– आज (सोमबार) नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका हुन । हिजो आइतबारको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता...
काठमाण्डु, २६ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको बताइन्छ । आज सोमबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,...
काठमाण्डु, २६ कात्तिक– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बढ्दो डिजिटल युगसँगै गलत सूचनाहरूले महिलालाई बढी सिकार बनाएको बताएकी छन । युएन वुमनद्वारा सोमबार राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी हुन । उनले आफ्नै बारेमा धेरै गलत...
काठमाण्डु, २६ कात्तिक– नेकपा (माओवादी केन्द्र)का सांसद माधवप्रसाद सापकोटाले सात वटै प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा राख्ने कुरा वैज्ञानिक भएको बताएका छन । आज (सोमबार) राज्यव्यवस्था समिति बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन । सापकोटाले भने, ‘सातै प्रदेशमा अफिस राख्ने कुराले केन्द्रको...
काठमाण्डु, २६ कात्तिक– पूर्व मन्त्री एवं कांग्रेस सांसद अर्जुननरसिंह केसीले आम रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ता, शक्ति र भ्रष्टाचार पर्यायवाचीको भाष्य बनेको दाबी गरेका छन । आज सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले कांग्रेस सांसद केसीले यस्तो बताएका हुन । उनले यो भाष्य...
काठमाण्डु, २६ कात्तिक– कोशी प्रदेशसभाको सचिवालयले पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ भएकोबारे सूचना प्रकाशित गरेको छ । आज सोमबार कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जारी गरेको सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाण्डु जिल्ला अदालतबाट प्रदेश सभा...
काठमाण्डु, २६ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन । आज (सोमबार) धरान जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले संविधान संशोधन र आर्थिक सुधारका लागि...