अख्तियार सत्ता, शक्ति र भ्रष्टाचारको पर्यायवाची भयो: कांग्रेस सांसद केसी

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– पूर्व मन्त्री एवं कांग्रेस सांसद अर्जुननरसिंह केसीले आम रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ता, शक्ति र भ्रष्टाचार पर्यायवाचीको भाष्य बनेको दाबी गरेका छन ।

आज सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले कांग्रेस सांसद केसीले यस्तो बताएका हुन ।

उनले यो भाष्य चिर्न अख्तियारले निष्पक्षतापूर्वक काम गर्न र सक्रिय हुने वातावरण बनाउन आवश्यक रहेको पनि बताएका छन ।

उनले शक्तिको दुरुपयोग नहोस् भनेर अख्तियार स्थापना भएको पनि बताएका छन । उनले संवैधानिक परिषद्लाई भागवण्डा परिषद् जस्तो भएको बताउँदै असन्तुष्टि पोखे ।

उनले भने, ‘अख्तियारसहितका संवैधानिक निकायका प्रमुख, पदाधिकारीहरू र प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्ने जिम्मेवारी संवैधानिक परिषद्लाई छ । भागवण्डा परिषद् नबनाऔँ । तब मात्रै निष्पक्ष काम हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us