सातै प्रदेशमा अख्तियारको शाखा राख्दा केन्द्रको बोझ घट्छ: सांसद सापकोटा

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १४:५३ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– नेकपा (माओवादी केन्द्र)का सांसद माधवप्रसाद सापकोटाले सात वटै प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा राख्ने कुरा वैज्ञानिक भएको बताएका छन ।

आज (सोमबार) राज्यव्यवस्था समिति बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन ।

सापकोटाले भने, ‘सातै प्रदेशमा अफिस राख्ने कुराले केन्द्रको बोझलाई घटाउँछ ।’ उनले बेनामे उजुरी राख्ने चलन अन्त्य गर्नुपर्ने बताए पनि बताएका छन ।

उनले भने, ‘आफ्नो नाम नै राख्न नसक्नेले उजुरी गर्दा केही न केही डिफल्ट छ । बेनामे उजुरी राखिन हुन्न ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us