समाचार

आजदेखि कोप-२९, नेपालले प्रस्तुत गर्नेछ जलवायुजन्य जोखिमका उदाहरण

२०८१ कार्तिक २६ गते ८:१२

काठमाण्डु, २५ कात्तिक–  गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन्। हेर्दाहेर्दै क्षणभरको बाढीले थामे गाउँ बगरमा परिणत भयो । अझै पनि त्यो घटना सपना झैँ लाग्छ, खुम्बु पासाङल्हामु गाउँपालिकाकी...

केपी ओलीसँग भिड्ने मुडमा कुलमान, लाइन नजोड्न आन्तरिक सर्कुलर

२०८१ कार्तिक २६ गते ८:०३

काठमाण्डु, २५ कात्तिक– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेका कारण लाइन काटिएका उद्योगमा विद्युत आपूर्ति नगर्ने तयारी गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पैसा नतिरेर लाइन काटिएका उद्योगमा सोमबार मध्याह्न १२ बजेसम्म विद्युत सेवा सुचारु गराउन ऊर्जा, जलश्रोत तथा सिंचाई...

कालिकोटमा गाडी दुर्घटना हुँदा ७ को मृत्यु

२०८१ कार्तिक २५ गते २२:२९

कालीकोट, २५  कात्तिक- कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १३ जना घाइते भएका छन् ।  कालीकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले ६ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा मृत्यु भएको जानकारी...

लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र विद्युत सुचारू गराउन मन्त्रिपरिषदको निर्देशन

२०८१ कार्तिक २५ गते २२:१७

काठमाण्डू, २५  कात्तिक- सरकारले लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र विद्युत आपूर्ति सुचारू गराउन निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र उद्योगमा विद्युत जोड्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई निर्देशन दिएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना...

सिके राउतको जनमत पार्टी फुटाउन चलखेल भएको हो ?

२०८१ कार्तिक २५ गते २२:०६

काठमाण्डू, २५  कात्तिक- सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभा सदस्य गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाइउन संसद सचिवालयलाई फेरि पत्राचार गरेको छ । अध्यक्ष सिके राउतले पार्टीबाट निष्काशन गरिसकिएकाले  सांसद पदबाट हटाइदिन आग्रह गर्दै गत १ कात्तिकको मितिमा सभामुख देवराज घिमिरेलाई पत्र पठाएका हुन्...

भिरमा भेटियो युवाको शव

२०८१ कार्तिक २५ गते २१:३७

संखुवासभा, २५ कात्तिक- संखुवासभाको चिचिला गाउँपालिकामा आइतबार एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ । चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो । चिचिला–३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरमा अड्किएको अवस्थामा शव फेला...

राष्ट्रपति विदेश भ्रमण उड्दा आधा घण्टा विमानस्थल ठप्प

२०८१ कार्तिक २५ गते १८:१६

काठमाण्डु, २५ कात्तिक– आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडान आधा घण्टासम्म ठप्प भएको छ । पौडेल कोप २९ को बैठकमा सहभागी हुन आइतबार ५ः २५ मा अजरबैजानका लागि उडेको विमानस्थल कार्यालयले स्रोत जानकारी दिएका छन । उक्त...

कालिकोट जीप दुर्घटना अपडेटः घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत ल्याइयो

२०८१ कार्तिक २५ गते १७:५८

काठमाण्डु, २५ कात्तिक– आज (आइतबार) कालिकोटको पलाँता गाउँपालिका– ३ को राडुका भएको जीप दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टमार्फत सुर्खेत ल्याइएको छ । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत विमानस्थल र त्यहाँबाट कर्णाली प्रदेश अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ । कर्णाली मुख्यमन्त्री यामलाल कँडेल स्वयम्...

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

२०८१ कार्तिक २५ गते १७:३९

काठमाण्डु, २५ कात्तिक– आज (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन्।राष्ट्रपति पौडेल आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेललाई बिदाइ गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक,...

कालीकोट जीप दुर्घटना: घटनास्थलमा पुग्यो सेनाको हेलिकप्टर

२०८१ कार्तिक २५ गते १६:४६

काठमाण्डु, २५ कात्तिक– आज आइतबार कालीकोटको पलाँतामा भएको जीप दुर्घटनाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ । भर्खरै हेलिकप्टर घटनास्थलमा अवतरण भएको पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिएकी छन । आज दिउँसो भएको जीप दुर्घटनामा ८ जनाको मृत्यू भएको छ ।...

मानव तस्करी प्रकरणमा मुछिएका पूर्वमन्त्री अधिकारीमाथि अनुसन्धान गर्न अदालतले दियो २ दिनको म्याद

२०८१ कार्तिक २५ गते १६:४२

काठमाण्डु, २५ कात्तिक– मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले २ दिनको म्याद पाएको छ । जिल्ला अदालत काठमाण्डुले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले...

मानव तस्करी प्रकरणमा मुछिएर काठमाण्डु ल्याइएसँगै लिलाबल्लबलाई अदालतमा पेस

२०८१ कार्तिक २५ गते १६:३८

काठमाण्डु, २५ कात्तिक– मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता लिलाबल्लभ अधिकारीलाई काठमाण्डु ल्याइ अदालतमा पेस गरिएको छ । जिल्ला सरकार वकिलको कार्यालयमार्फत उनलाई प्रहरीले जिल्ला अदालत काठमाण्डुमा पेस गरीएको हो । जिल्ला सरकारी वकिल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us