कालिकोट जीप दुर्घटना अपडेटः घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत ल्याइयो

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते १७:५८ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– आज (आइतबार) कालिकोटको पलाँता गाउँपालिका– ३ को राडुका भएको जीप दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टमार्फत सुर्खेत ल्याइएको छ ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत विमानस्थल र त्यहाँबाट कर्णाली प्रदेश अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ । कर्णाली मुख्यमन्त्री यामलाल कँडेल स्वयम् विमानस्थलमा पुगेका छन् ।

आइतबार दिउँसो साढे २ बजेतिर भएको दुर्घटनामा १३ जना घाइते भएका छन् । १ ज ५६ नम्बरको बोलेरो गाडी पलाँताका स्थानीयलाई ल्याएर सुर्खेततर्फ आउँदै थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us