संखुवासभा, २५ कात्तिक- संखुवासभाको चिचिला गाउँपालिकामा आइतबार एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ ।
चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो ।
चिचिला–३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरमा अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको बताए ।
शव सडेको अवस्थामा फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरू गरिएको उनले जानकारी दिए।
हत्यामा संलग्न आरोपमा चिचिला–३ कै ३५ वर्षीय प्रदीप राईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।