कालिकोटमा गाडी दुर्घटना हुँदा ७ को मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते २२:२९ मा प्रकाशित

कालीकोट, २५  कात्तिक- कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अरु १३ जना घाइते भएका छन् । 

कालीकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले ६ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । डीएसपी रावतका अनुसार मृत्यु हुनेमा चालक सल्यानका ४५ वर्षीय धनिराम रावत, पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकाया छन् ।

उनका अनुसार गाडीमा सवार २० जना सवार थिए ।

पलाताको थिर्पूबाट यात्रु बोकेर गएको  कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो गाडी आइतबार दिउँसो साढे दुई बजेतिर सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us