राष्ट्रपति विदेश भ्रमण उड्दा आधा घण्टा विमानस्थल ठप्प

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडान आधा घण्टासम्म ठप्प भएको छ ।

पौडेल कोप २९ को बैठकमा सहभागी हुन आइतबार ५ः २५ मा अजरबैजानका लागि उडेको विमानस्थल कार्यालयले स्रोत जानकारी दिएका छन ।

उक्त समयको १५ मिनेट अघि र पछि विमानस्थलबाट हुने अरू नियमित उडान बन्द गरिएको पनि स्रोतले जानकारी दिएको छ । मुलुकका उच्च पदस्थ व्यक्तिहरू औपचारिक कार्यक्रमको लागि विदेश भ्रमणमा जाँदा सुरक्षाका कारण अन्य उडान बन्द गर्नुपरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन ।

विमानस्थल आधा घण्टा बन्द गरिएपछि नियमित उडान, अवतरण तालिका थप भद्रगोल भएको छ । यसै पनि कात्तिक २३ गतेदेखि विमानस्थलको स्तरोन्नतिका कारण ३० प्रतिशत उडान अवतरण कटौती गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us