कालीकोट जीप दुर्घटना: घटनास्थलमा पुग्यो सेनाको हेलिकप्टर

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते १६:४६ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– आज आइतबार कालीकोटको पलाँतामा भएको जीप दुर्घटनाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ । भर्खरै हेलिकप्टर घटनास्थलमा अवतरण भएको पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिएकी छन ।

आज दिउँसो भएको जीप दुर्घटनामा ८ जनाको मृत्यू भएको छ । पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us