काठमाण्डु, २६ कात्तिक– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोशी प्रदेशका पूर्वकानुनमन्त्रीको पक्राउ गल्ती गर्ने कसैलाई छुट दिँदैन भन्ने संकेत भएको बताएका छन ।
आज सोमबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यस्तो बताएका हुन ।
सञ्चारमन्त्री गुरुङले भने, ‘यो एउटा संकेत हो । यस्तो काम गर्यो भने सत्तारुढ दलको कुनै सांसद होस् कि मन्त्री वा मुख्यमन्त्री होस्, छुट पाउँदैन ।
गल्ती गर्नेले सजाय पाउनुपर्छ भन्ने सिद्धान्तका साथ लागेका छौं।’ मानव तस्करीमा जोडिएपछि मन्त्री पदबाट राजीनामा दिएका लिलाबल्लव अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेर अनुसन्धानका लागि काठमाण्डु ल्याएको छ ।