काठमाण्डु, २७ कात्तिक– काठमाण्डुको बानेश्वरस्थित निजमति कर्मचारी (सिभिल) अस्पतालमा कार्यरत एक डाक्टर यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् । सहकर्मी महिला चिकित्सकमाथि योनजन्य दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । कोठामा अरु कोही नभएको मौका पारी आफूमाथि ती डाक्टरले यौन दुव्र्यवहार गरेको...
काठमाण्डु, २७ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह परिचालन विभाग र पर्यटन विभागलाई पूर्णता दिएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानबमोजिम दुई विभागमा पदाधिकारी र सदस्य मनोनित गरेको सो पार्टीले जनाएको छ । लिङ्देनले वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहेको...
काठमाण्डु, २७ कात्तिक– आज कार्तिक शुक्लपक्ष अर्थात भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी एवम् श्री विष्णुको विशेषअर्चना पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाउन लागिएको हो । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका...
काठमाण्डु, २६ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न आनाकानी गरे विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति कडा कदम चलाउने संकेत गरेका छन । आज (सोमबार) साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधामनमन्त्री ओली यस्तो बताएका छन । उद्योगहरूमा...
काठमाण्डु, २६ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न आज सोमबार दुई उपसभापति डीपी अर्याल र डा.स्वर्णिम वाग्लेले जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन । जिल्ला प्रहरी कार्यलय कास्की पुगेका उनीहरुले...
काठमाण्डु, २६ कात्तिक– निर्वाचन आयोगले आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरुलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा...
काठमाण्डु, २६ कात्तिक– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन । आज सोमबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुका प्रशनको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले राजनीतिक...
काठमाण्डु, २६ कात्तिक– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय विद्युत प्राधिकरणले कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका छन् । आज सोमबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका छन ।...
काठमाण्डु, २६ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक प्रहरी हिरासतमै बसेको छ । हिरासत भित्र रास्वपा सभापति रवि लामिछानेसहित उपसभापतिहरू डा।स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाको विशेष बैठक बसेको भन्दै रास्वपाका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्...
काठमाण्डु, २६ कात्तिक– प्रहरीले काठमाण्डुको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ घर भएका कमल लामा छन् । ५१ वर्षीय लामालाई तिनचुलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज...
काठमाण्डु, २६ कात्तिक– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा सरकार लागेको आरोप लगाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले अफ्ठ्यारोमा पार्ने र हटाउने समेतको प्रयास गरिरहेको भनिएका बेला माओवादी केन्द्रले यस्तो आरोप लगाएको हो...
काठमाण्डु, २६ कात्तिक– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय विद्युत प्राधिकरणले कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका छन् । आज सोमबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका छन ।...