समाचार

रवि लामिछानेलाई भैरहवा ल्याइयो

२०८१ कार्तिक २७ गते १२:५३

काठमाण्डु, २७ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ ।   मंगलबार मध्याह्न १२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रवि लामिछाने बोकेको बुद्ध एयरलाइन्सको जहाज उडेको थियो । उक्त जहाज...

नरेफाँटमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ कार्तिक २७ गते १२:३६

काठमाण्डु, २७ कात्तिक– काठमाण्डु महानगरपालिका–३२ नरेफाँटमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमाललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल घर भएका ४७ वर्षीय निश्चल ताम्राकार रहेको प्रहरीले जानकारी दिएको छ । नरेफाँटबाट ललितपुर इमाडोलतर्फ जाँदै गरेको बा–६५प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार...

रवि चढेको जहाज पोखराबाट उड्यो

२०८१ कार्तिक २७ गते १२:२५

  काठमाण्डु, २७ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चढेको बुद्ध एयरको जहाज पोखराबाट भैरहवाको लागि उडेको छ । केहिबेर अधिमात्रै पोखराबाट जहाज उडेको रास्वपा कोषाध्यक्ष दीपक बोहोराले जानकारी दिएका छन ।...

मनाङेलाई सिआइबी पुर्याइयो

२०८१ कार्तिक २७ गते १२:१५

काठमाण्डु, २७ कात्तिक– पूर्वमन्त्री एवं गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुर्याइएको छ । सिआइबीले उनलाई मंगलबार बिहान काठमाण्डुको सानो भर्याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले मंगलबार नै जिल्ला अदालत काठमाण्डुमा बुझाउने छ। ज्यान...

पोखराबाट जनकपुर आउँदै गरेको बस रौतहतमा दुर्घटना, १२ यात्रु घाइते

२०८१ कार्तिक २७ गते १२:०७

काठमाण्डु, २७ कात्तिक– रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुर तर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन । आज मंगलबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका २ लचका नजिकै ग.१ ख.५८०७ नम्बरको बस बाटो काट्दै गरेको स्याललाई बचाउने क्रममा दुर्घटनामा परेको...

काठमाण्डुबाट भैरहवा उडेको बुद्धको जहाज पोखरा ‘डाइभर्ट’

२०८१ कार्तिक २७ गते १२:०१

काठमाण्डु, २७ कात्तिक– काठमाण्डुबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’ गरीएको छ । बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज काठमाण्डुबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो । अहिलेसम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन ।...

बाख्रा चोरेको आरोपमा हत्या गर्ने थप तीन पक्राउ

२०८१ कार्तिक २७ गते ११:२२

कैलाली, २७ कात्तिक– कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुल विकको हत्यामा संलग्न भएको कसुरमा थप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा–११ का ३६ वर्षीय देवराज सापकोटा, ३५ वर्षीय बिस्ना विक र १८ वर्षका अर्का एक किशोर छन् । कैलाली...

दीपक मनाङे सितापाइलाबाट पक्राउ

२०८१ कार्तिक २७ गते ११:०४

काठमाण्डु, २७ कात्तिक– गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य  राजिब गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । सितापाइलास्थित कम्फर्ट हाउजिङबाट मंगलबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापले मनाङेलाई आजै जिल्ला अदालत काठमाण्डुमा उपस्थित गराइँने बताए...

ट्यांकरमा हावा भर्ने क्रममा टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते

२०८१ कार्तिक २७ गते १०:५४

मकवानपुर, २७ असोज–हेटौंडामा हावा हाल्ने क्रममा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ । घटनामा अरु पाँच जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा गएराति १ बजेको समयमा मधेश प्रदेश–०३–००२ख०३०० नम्बरको पेट्रोल बोकेको भर्ने क्रममा टायर पड्किँदा भारतीय नागरिक ३४ वर्षीय मोहम्मद...

जेठानीले चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु

२०८१ कार्तिक २७ गते १०:४६

बैतडी, २७ असोज– बैतडीमा जेठानीले चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टामा ३० वर्षीया दीपा बोहराले देउरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेकी हुन् । बैतडी प्रहरी प्रवक्ता बलराम पाण्डेयले घरायसी विवादमा दीपाले सुनिताको टाउकोमा...

सरकारबाहिर हुँदाको छटपटीले माओवादीले नभएका आरोप लगायोः ओली

२०८१ कार्तिक २७ गते १०:४१

काठमाण्डु, २७ असोज– प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रले सरकारबाट बाहिरिनुपर्दा विरोध गरेको टिप्पणी गरेका छन् । विराटनगमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सरकारबाट बाहिरिनुपर्दाको छटपटीका कारण माओवादीले आन्दोलनको धम्की दिएको आरोप लगाए । हुँदै नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाउन उनले सुझाव दिए ।...

एमाले जनप्रतिनिधिले फुटाइदिए नगर प्रहरीको अण्डकोष

२०८१ कार्तिक २७ गते ८:५९

काठमाण्डु, २७ कात्तिक- पोखरामा जनप्रतिनिधिले अण्डकोषमा प्रहार गर्दा एक नगर प्रहरी गम्भीर घाइते भएका छन् । करारका कर्मचारी हटाउने निर्णयको विरोधमा उत्रिएका एमाले जनप्रतिनिधिले नगर प्रहरी सन्तबहादुर केसीको अण्डकोषमा प्रहार गरेका हुन् । केसीको सोमबार शल्यक्रिया गरिएको छ । पोखरा महानगरपालिको कार्यपालिका बैठकले गत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us