काठमाण्डु, २७ कात्तिक– काठमाण्डु महानगरपालिका–३२ नरेफाँटमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमाललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल घर भएका ४७ वर्षीय निश्चल ताम्राकार रहेको प्रहरीले जानकारी दिएको छ ।
नरेफाँटबाट ललितपुर इमाडोलतर्फ जाँदै गरेको बा–६५प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुदाँ ताम्राकारको मृत्यु भएको भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।