बाख्रा चोरेको आरोपमा हत्या गर्ने थप तीन पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते ११:२२ मा प्रकाशित

कैलाली, २७ कात्तिक– कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुल विकको हत्यामा संलग्न भएको कसुरमा थप तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरीगंगा–११ का ३६ वर्षीय देवराज सापकोटा, ३५ वर्षीय बिस्ना विक र १८ वर्षका अर्का एक किशोर छन् ।

कैलाली प्रहरी प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने जानकारी दिए ।

यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा सोमबार ५ जना पक्राउ परेका थिए ।

विकमाथि बाख्रा चोरी गरेको आरोपमा शनिबार राति स्थानीयले निर्घात कुटपिट गरेका थिए ।

उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us