काठमाण्डु, २७ असोज– प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रले सरकारबाट बाहिरिनुपर्दा विरोध गरेको टिप्पणी गरेका छन् ।
विराटनगमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सरकारबाट बाहिरिनुपर्दाको छटपटीका कारण माओवादीले आन्दोलनको धम्की दिएको आरोप लगाए ।
हुँदै नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाउन उनले सुझाव दिए ।
फरक प्रसंगमा ओलीले अमेरिकी स्टेट प्रोग्राम (एसपिपी) मा सरकारले सम्झौताको तयारी नभएको ओलीको भनाइ थियो ।
एसपिपीबारे कुनै चर्चा नै नभएको ओलीले बताए । हेटौंडामा आइतबार सञ्चारकर्मीसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले घातक एसपीपी सम्झौताको तयारी गरेको बताएका थिए ।
फरक प्रसंगमा ओलीले संविधान संशोधनका लागि कुनै आयोगको जरुरी नभएको र त्यो काम संसदले गर्ने जवाफ दिए ।
ओलीले विद्युत प्राधिकरणले उद्योगहरुको काटिएको लाइन जोड्नुपर्ने उल्लेख गरे ।
उद्योगीलाई काम गर्ने वातावरण बनाउन र आर्थिक समृद्धिका लागि वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।