जेठानीले चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते १०:४६ मा प्रकाशित

बैतडी, २७ असोज– बैतडीमा जेठानीले चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु भएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टामा ३० वर्षीया दीपा बोहराले देउरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेकी हुन् ।

बैतडी प्रहरी प्रवक्ता बलराम पाण्डेयले घरायसी विवादमा दीपाले सुनिताको टाउकोमा चिर्पट प्रहार गरेको बताए ।

उनका अनुसार सुनिताको घटनास्थलमै ज्यान गएको थियो । प्रहरीले दिपालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us