रवि चढेको जहाज पोखराबाट उड्यो

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते १२:२५ मा प्रकाशित

 

काठमाण्डु, २७ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चढेको बुद्ध एयरको जहाज पोखराबाट भैरहवाको लागि उडेको छ ।

केहिबेर अधिमात्रै पोखराबाट जहाज उडेको रास्वपा कोषाध्यक्ष दीपक बोहोराले जानकारी दिएका छन । प्रहरीले रविलाई बयानका लागि रुपन्देही लैजाने क्रममा जहाजबाट भैरहवा लैजान लागिएको हो ।

भैरहवा र पोखरा दुवै विमानस्थलमा ‘भिजिबिलिटी’ कम हुँदा उडान–अवतरण हुन सेकको थिएन । अहिले मौसम खुलेपछि उडान सुरु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us