दीपक मनाङे सितापाइलाबाट पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते ११:०४ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य  राजिब गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् ।

सितापाइलास्थित कम्फर्ट हाउजिङबाट मंगलबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापले मनाङेलाई आजै जिल्ला अदालत काठमाण्डुमा उपस्थित गराइँने बताए ।

मनाङेलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । मनाङेलाई ज्यान मार्ने उद्योग कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत २० कात्तिकमा पाँच वर्ष जेल सजाय सुनाएको थियो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ मा ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पुनरावेदन अदालतको फैसला सदर गरेको हो ।

मनाङेमाथि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि सांघातिक हमला गरेको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us