समाचार

धर्मका नाममा राजनीति र अतिवाद हुनुहुँदैनः प्रधानमन्त्री ओली

२०८१ कार्तिक २७ गते १६:४९

काठमाण्डु, २७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन । आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले धर्म निरपेक्ष मुलुकमा...

पूर्वमन्त्री अधिकारी मुछिएको मानव तस्करी प्रकरणमा थप दुईजना पक्राउ

२०८१ कार्तिक २७ गते १६:३९

काठमाण्डु, २७ कात्तिक– प्रहरीले एमाले नेता एवं कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ गरेको छ । जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ...

पर्यटनमन्त्री पाण्डेमाथि करोडौं घुस लिएको आरोप

२०८१ कार्तिक २७ गते १५:३२

काठमाण्डु, २७ कात्तिक– नेपाली काग्रेसका सांसद राजेन्द्र बजगाईँले कांग्रेस नेता एवं संस्कृति पर्यटनमन्त्री बद्री पाण्डेमाथि घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रुपैयाँ घुस बुझाएको आरोप बजगाईँले मन्त्री पाण्डेमाथि लगाएका छन...

१५ सदस्यीय एमाले प्रतिनिधिमण्डल चीन प्रस्थान

२०८१ कार्तिक २७ गते १५:१७

काठमाण्डु, २७ कात्तिक– चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । प्रमण्डल नानजिङगमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्याङ्क फोरम’ मा सहभागी हुने प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिएका छन । फोरमलाई...

सञ्चारकर्मीलाई मनाङेको प्रतिक्रियाः तिमीहरुले भात खान पनि दिएनौ

२०८१ कार्तिक २७ गते १५:११

काठमाण्डु, २७ कात्तिक– ज्यान मुद्दामा दोषी ठहर पूर्वमन्त्री दीपक मनाङेले आफूलाई पत्रकारहरुले भात खान पनि नदिएको गुनासो पोखेका छन । जिल्ला अदालत परिसरमा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा मनाङेले यस्तो गुनासो पोखेका हुन । फैसला कार्यान्वयनका लागि सीआईबीले मनाङेलाई जिल्ला अदालतमा पेस गरेको थियो ।...

रविको पक्षमा आन्दोलन गरिरहेका रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने

२०८१ कार्तिक २७ गते १५:०७

काठमाण्डु, २७ कात्तिक– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधि विरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन...

दीपक मनाङे डिल्लीबजार कारागार चलान

२०८१ कार्तिक २७ गते १४:३३

काठमाण्डु, २७ कात्तिक– ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान भएका छन् । आज मंगलबार राजधानीको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाण्डु जिल्ला अदालतमा पेस गरेको थियो...

आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्छः महासचिव पोखरेल

२०८१ कार्तिक २७ गते १४:२५

काठमाण्डु, २७ कात्तिक– एमाले महासचिव शंकर पोखरेलले आगामी (०८४) को निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताएका छन । आज (मंगलबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने पनि बताएका...

महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा ३ जना पक्राउ

२०८१ कार्तिक २७ गते १४:११

काठमाण्डु, २७ कात्तिक– प्रहरीले कैलालीबाट एक महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २५ वर्षीय सुनिल मिश्री , ३७ वर्षीय लाली चौधरी र ३० वर्षीय एक महिला रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिएका...

रवि लामिछानेसँग रुपन्देहीमा बयान सुरु

२०८१ कार्तिक २७ गते १३:३६

काठमाण्डु, २७ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनीसँग बयान लिन लागिएको हो। लामिछानेलाई मंगलबार नै...

रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय पुर्याइयो

२०८१ कार्तिक २७ गते १३:२७

काठमाण्डु, २७ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइएको छ । लामिछाने पोखराबाट बुद्ध एअरको विमानमार्फत आज १२ः २० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका...

दीपक मनाङेलाई सीआईबीबाट अदालत लगियो

२०८१ कार्तिक २७ गते १३:१६

काठमाण्डु, २७ कात्तिक– आज (मंगलबार) काठमाण्डुको सितापाइलाबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो –सीआईबी)बाट अदालततर्फ लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । उनलाई आज बिहान सीआईबीको टोलीले पक्राउ गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us