काठमाण्डु, २७ कात्तिक– एमाले महासचिव शंकर पोखरेलले आगामी (०८४) को निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताएका छन ।
आज (मंगलबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन ।
उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने पनि बताएका छन ।
उनले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने बताए। उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने पनि बताएका छन ।
महासचिव पोखरेलले राष्ट्र निर्माणको उद्देश्यका साथ एमाले र कांग्रेसबीच सहकार्य भएको तथा सरकारका काम प्रभावकारी ढंगले सम्पादन गर्न द्विदलीय संयन्त्र गठन भएको पनि बताएका छन ।