धर्मका नाममा राजनीति र अतिवाद हुनुहुँदैनः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते १६:४९ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन ।

आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले धर्म निरपेक्ष मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भए त्यसले समाजलाई बिथोल्ने समेत बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ ।

अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ, ‘यस्ता कुराहरूलाई हामी क्रमशः नियन्त्रण गर्छौँ ।

हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us