रवि लामिछानेसँग रुपन्देहीमा बयान सुरु

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते १३:३६ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ ।

रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनीसँग बयान लिन लागिएको हो। लामिछानेलाई मंगलबार नै कास्कीबाट बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको थियो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा ल्याइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us