सहकर्मीमाथि बलात्कार प्रयास गरेको आरोपमा सिभिल अस्पतालका डाक्टर पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते ८:२१ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– काठमाण्डुको बानेश्वरस्थित निजमति कर्मचारी (सिभिल) अस्पतालमा कार्यरत एक डाक्टर यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् ।
सहकर्मी महिला चिकित्सकमाथि योनजन्य दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कोठामा अरु कोही नभएको मौका पारी आफूमाथि ती डाक्टरले यौन दुव्र्यवहार गरेको भन्दै सहकर्मीले जाहेरी दिएपछि १९ कात्तिकमा बानेश्वर प्रहरी वृत्तले ती डाक्टरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने र उजुरीकर्ता डाक्टरको परिचय प्रहरीले गोप्य राखेको छ । ती डाक्टरलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us