काठमाण्डु, २६ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक प्रहरी हिरासतमै बसेको छ ।
हिरासत भित्र रास्वपा सभापति रवि लामिछानेसहित उपसभापतिहरू डा।स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाको विशेष बैठक बसेको भन्दै रास्वपाका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।
रास्वपा सभापति समेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछाने कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
लामिछानेलाई पोखराबाट रुपन्देही लैजाने तयारीकाबीच रास्वपाका नेताहरू हिरासतमै बैठक बसेका हुन् । लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ ।