काठमाण्डु, २६ कात्तिक– कोशी प्रदेशसभाको सचिवालयले पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ भएकोबारे सूचना प्रकाशित गरेको छ ।
आज सोमबार कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जारी गरेको सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाण्डु जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको बताइएको छ ।
अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डु उपस्थित गराइएको जानकारी प्राप्त भएको पनि सूचनामा उल्लेख गरीएको छ ।