संविधान संशोधनबारे छलफल चलिरहेको छ: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १४:३४ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन ।

आज (सोमबार) धरान जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन र आर्थिक सुधारका लागि छलफल भइरहेको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘संविधान संशोधनका लागि अहिले छलफल चलिरहेको छ, ‘आर्थिक सुधार पनि गर्दैछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us