राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच संक्षिप्त भेटवार्ता

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १७:१० मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच संक्षिप्त भेटवार्ता भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरूबीच संक्षिप्त भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुराकानी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी जानकारी दिएका छन ।

महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर कुराकानी गरेका थिए । आजबाट सुरु भएको कोप–२९ सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै बाकु आइपुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us