काठमाण्डु, २६ कात्तिक– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बढ्दो डिजिटल युगसँगै गलत सूचनाहरूले महिलालाई बढी सिकार बनाएको बताएकी छन ।
युएन वुमनद्वारा सोमबार राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी हुन ।
उनले आफ्नै बारेमा धेरै गलत सूचनाहरू सम्प्रेषण भएको भन्दै आफूले जस्तै विश्वका महिला नेतृहरूले पनि यस्तै अनुभव सुनाउने गरेको बताएकी छन ।
उनले आफू हालै सहभागी भएको क्यानडा र संयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका महिला नेतृहरूले पनि यो अनुभव सेयर गरेको बताएकी छन ।
उनले भनिन्, ‘बढ्दो डिजिटल युगसँगै गलत सूचनाहरूले महिलालाई बढी सिकार बनाएको मेरो अनुभव छ । जस्तो कि यहाँ मेरा बारेमा पनि कतिधेरै गलत सूचनाहरू सम्प्रेषण गरिएका थिए‚ ‘विश्वका महिला नेतृहरूको पनि यस्तै अनुभव रहेछ । म हालै सहभागी भएको क्यानडा र संयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका महिला नेतृहरूले पनि यो अनुभव सेयर गर्नुभएको थियो ।’