काठमाण्डू, २५ पुस– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित दुई युवतीलाई पक्राउ गरेको छ । भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९. ११ ग्राम सुनसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका–११ घर...
काठमाण्डू, २५ पुस– कांग्रेस नेता डा. शेखर कोइराला बेलायत उडेका छन्। बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा उनी बिहीबार बेलायत गएको उनको सचिवालयले जानकारी दिएको छ । बेलायतको मिनी संसद (वेस्ट मिनिस्टर) मा जनवरी...
काठमाण्डू, २५ पुस– हिजो बुधबार सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई बालिका मृत अवस्थामा भेटिएका थिए । पूर्णिमा रानाकी ३ वर्ष र ६ महिनाका दुई छोरीहरू आफ्नै घरको एक कोठामा मृत फेला परेका हुन् । मृतकहरूको घाँटीमा डाम देखेपछि प्रहरीले पूर्णिमा रानालाई...
काठमाण्डू, २५ पुस– पूर्व पधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन । आज बिहिबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले...
काठमाण्डू, २५ पुस– नेपालमा पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर गोलबजार नगरपालिका९८ बस्ने ३५ वर्षीय मोहमद अक्तर अलिको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जानकारी दिएको छ । मधुमेह रोगबाट ग्रसित अक्तरको न्यानो...
काठमाण्डू, २५ पुस– अस्ट्रेलियामा एक अपार्टमेन्टको सातौँ तलाबाट खसेर एक जना नेपाली नर्सको मृत्यु भएको छ । अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको समाचारमा उल्लेख गरीएको छ । दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन् । यो...
काठमाण्डू, २५ पुस– सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हरिाकाजी श्रेष्ठले जानकारी दिएका छन । बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको मृत्यु भएको उनले...
काठमाण्डू, २५ पुस– रौतहटमा ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगोलागी भएको छ । आगलागीबाट टिपर पूर्ण रूपमा जलेको छ भने टिपर चालक गम्भीर घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ । आज (बिहीबार) बिहान ८ बजेको जिल्लाको वृन्दावन नगरपालिका...
काठमाण्डू, २५ पुस– संघीय सांसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । प्रहरीले उनलाई आज बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाण्डु बस्दै...
काठमाण्डु, २५ पुस– विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभको कसुरमा मुद्धा दायर भएको छ । जिल्ला अदालत काठमाण्डुमा प्रसाईंसहित झापाका हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध बुधबार संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको हो । व्यवसायी र नेपाल राष्ट्र बैंकका उच्च...
काठमाण्डु, २५ पुस– सत्ता गठबन्धमा सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउतले काँगेस र एमालेको दुई दलीय तानाशाहीको पक्षमा जनता नरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत राउतले नेपाललाई दुई दलीय तानाशाही नचाहिएको बताए । काँग्रेस र एमालेबीच संविधान संशोधन गर्दा समानुपातिक प्रणालीतर्फको थ्रेस होल्ड...
काठमाण्डु, २५ पुस–सत्ता गठबन्धनका प्रमुख दुई सहयात्री काँग्रेस र एमालेका नेताहरु सार्वजनिक रुपमै एकअर्काको आलोचनामा उत्रिन थालेका छन् । संविधान संशोधनको विषयलाई लिएर उनीहरुले परस्परविरोधी धारणा सार्वजनिक गर्न थालेका छन् । केही दिनअघि सम्पन्न एमाले केन्द्रीय समिति बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आगामी...