समाचार

टोखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

२०८१ पुष २५ गते १८:०१

काठमाण्डू, २५ पुस– काठमाण्डूको टोखामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाण्डूको टोखा नगरपालिका–८ मिलनटोलस्थित सडकमा बा ६३ प १४४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाण्डुको तार्केश्वर बस्ने ४० वर्षीया सुन्तली लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ...

केपी ओली साधारण मान्छे हो, इमान्दारीसाथ काम गर्छः प्रधानमन्त्री ओली

२०८१ पुष २५ गते १७:५१

काठमाण्डू, २५ पुस– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू साधारण मान्छे भएको र इमान्दारीसाथ काम गरिरहेको भन्दै आफ्नै प्रशंसा गरेका छन । आज (बिहिबार) एमाले मुख्यालय च्यासलमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको सन्र्दभमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

२०८१ पुष २५ गते १७:४०

काठमाण्डू, २५ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ । दुई नेताबिच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र समाजवादी मोर्चा...

अब एमालेले कुनै पाटीसँग एकता गर्दैन बरु कुनै पार्टी आए एमालेमा मर्ज गर्न सकिन्छः प्रधानमन्त्री ओली

२०८१ पुष २५ गते १७:२५

काठमाण्डू, २५ पुस– प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कुनै पाटीसँग एकता नगर्ने बरु कुनै पार्टी आए एमालेमा मर्ज भने गर्न सकिने बताएका छन । आज (बिहिबार) एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यशालालाई सम्बोधन गर्दै...

कास्की जिल्ला अदालतमा आदेश लेखन जारी

२०८१ पुष २५ गते १७:०४

काठमाण्डू, २५ पुस– जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तको थुनछेक बहसका अन्य प्रक्रिया पूरा भएपछि अहिले आदेश लेखन कार्य जारी छ । सूर्यदर्शन सहकारी ठगीमा जोडिएका प्रतिवादीहरूमाथि जिल्ला सरकारी वकिलको कार्यालयले सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको छ ।...

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

२०८१ पुष २५ गते १६:०२

काठमाण्डू, २५ पुस– प्रहरीले पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम फेला परेको छ । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम फेला पारीएको प्रहरीले जनाएको छ । राजमार्गमा गाडिएको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै भएको मोरङका...

कास्की अदालतको विश्राम कक्षमा रवि-निकिता, भित्र–बाहिर गर्दै रास्वपा शीर्ष नेता

२०८१ पुष २५ गते १५:५३

काठमाण्डू, २५ पुस– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सकिएसँग राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पोखरामा भेला भएका छन । आज (बिहीबार) सरकारी वकिलको तर्फबाट बहस सकिएपछि रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायत लगायतका...

विद्यालय तहमा स्वास्थ्य शिक्षालाई अनिवार्य विषय बनाइने

२०८१ पुष २५ गते १५:३३

काठमाण्डू, २५ पुस– विद्यालय तहमा ऐच्छिक विषयको रूपमा पठनपाठन हुँदै आएको स्वास्थ्य शिक्षालाई अनिवार्य विषय बनाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि गृहकार्य सुरु गरेका छन । विद्यालय तहमा स्वास्थ्य शिक्षालाई हाल ऐच्छिक विषयको रूपमा...

सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

२०८१ पुष २५ गते १५:१७

काठमाण्डू, २५ पुस– प्रहरीले तनहुँ जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जनालाई पक्राउ गरेको छ । वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा ०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा...

प्रधानमन्त्रीबाट सातबुँदे सहमतिको अपमान भयो: कांग्रेस नेता केसी

२०८१ पुष २५ गते १४:५२

काठमाण्डू, २५ पुस– सत्ता घटक दल नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सातबुँदे सहमतिको अपमान गरेको दाबी गरेका छन । आज (बिहीबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेता केसीले यस्तो बताएका हुन । उक्त कार्यक्रममा कांग्रेस नेता केसीले...

संसदीय समितिमा प्रेम सुवाल र राजकिशोर यादवबीच चर्काचर्की

२०८१ पुष २५ गते १४:३६

काठमाण्डू, २५ पुस– आज बिहिबार संघीय सांसद प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिमा जनता समाजवादी पार्टी (जसपा( नेपालका सांसद राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ । यादव प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति हुन्...

विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला

२०८१ पुष २५ गते १४:३०

काठमाण्डू, २५ पुस– विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारत नागरिक मृत अवस्थामा भेटिएका छन । भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत अवस्थामा फेलापरेको प्रहरीले जानकारी दिएको छ । साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी रहेको खुलेको मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us