कास्की जिल्ला अदालतमा आदेश लेखन जारी

काठमाण्डु टुडे २०८१ पुष २५ गते १७:०४ मा प्रकाशित

काठमाण्डू, २५ पुस– जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तको थुनछेक बहसका अन्य प्रक्रिया पूरा भएपछि अहिले आदेश लेखन कार्य जारी छ ।

सूर्यदर्शन सहकारी ठगीमा जोडिएका प्रतिवादीहरूमाथि जिल्ला सरकारी वकिलको कार्यालयले सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको छ ।

सोही मुद्दाको थुनछेक बहसका अन्य सम्पूर्ण प्रक्रिया पूरा भएपछि आदेश लेखनको काम सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले सरकारी वकिलको तर्फबाट जवाफी बहस भएपछि प्रतिवादीलाई बोलन समय दिएका थिए ।

त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले बाहिर रहेर सहकारीपीडितलाई न्याय दिलाउन पहल गर्ने भन्दै थुनाबाहिर रहेर पूर्पक्ष गर्ने आदेश दिन माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us