पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा भेटियो चार वटा सिलिन्डर बम

काठमाण्डु टुडे २०८१ पुष २५ गते १६:०२ मा प्रकाशित

काठमाण्डू, २५ पुस– प्रहरीले पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम फेला परेको छ । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम फेला पारीएको प्रहरीले जनाएको छ ।

राजमार्गमा गाडिएको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन ।

आज (बिहीबार) बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैँचा– ७ को मालती पुल आसपास द्वन्द्वकालको बम रहेको सूचना आएको थियो ।

राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।

बम रहेको सूचना आएपछि प्रहरीले राजमार्ग बन्द गरेर बमको खोजी गरेको थियो । खोजी गर्ने क्रममा दिउँसो बम भेटिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us