प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ पुष २५ गते १७:४० मा प्रकाशित

काठमाण्डू, २५ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ ।

दुई नेताबिच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र समाजवादी मोर्चा लगायतका विषयमा कुराकानी भएको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन ८७ सालमा संविधान संशोधन हुन्छ भनेर दिएको अभिव्यक्तिपछि दुई नेताबिच भेटवार्ता भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us