टोखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २५ गते १८:०१ मा प्रकाशित

काठमाण्डू, २५ पुस– काठमाण्डूको टोखामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाण्डूको टोखा नगरपालिका–८ मिलनटोलस्थित सडकमा बा ६३ प १४४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाण्डुको तार्केश्वर बस्ने ४० वर्षीया सुन्तली लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us