कास्की अदालतको विश्राम कक्षमा रवि-निकिता, भित्र–बाहिर गर्दै रास्वपा शीर्ष नेता

काठमाण्डु टुडे २०८१ पुष २५ गते १५:५३ मा प्रकाशित

काठमाण्डू, २५ पुस– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सकिएसँग राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पोखरामा भेला भएका छन ।

आज (बिहीबार) सरकारी वकिलको तर्फबाट बहस सकिएपछि रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायत लगायतका नेताहरू कास्की अदालत परिसरमा भेला भएका हुन । धेरैजसो नेताहरू अदालत बाहिर बसिरहेका छन् ।

केही शीर्ष नेताहरू भने अदालत बाहिर र भित्र गरिरहेका छन् । प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ । नेपाल प्रहरी र सशत्र प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।

निषेधित क्षेत्रबाहिर रास्वपा कार्यकर्ता र सहकारी पीडित छन् । अदालतभित्र रवि–निकीतालगायत विश्राम कक्षमा राखिएको छ । अदालत स्रोतका अनुसार आजै आदेश आउन सक्ने सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us